काठमाडौं – उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले लिङलिङ आँधीका कारण पाँचजनाको मृत्यु र तीनजना घाइते भएको जनाएकाे छ।
उक्त आँधी शनिवार जमीनतर्फ आएपछि हताहतीको संख्या पहिलोपटक उत्तर कोरियाले सार्वजनिक गरेको हो। उत्तरको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीले आँधीका कारण ४ सय ६० घरहरू तथा १५ वटा सार्वजनिक भवनहरू ध्वस्त भएको, क्षतिग्रस्त भएको वा पानीमा डुबेको जनाएकाे छ। साथै कुल ४६ हजार २ सय हेक्टेयर कृषियोग्य जमीन पुरिएको छ।
केसीएनएका अनुसार, आँधी शनिवार दिउँसो २ बजे प्रवेश गरेको थियो। आँधीप्रभावित क्षेत्रमा उद्धारकार्य चलिरहेको उसले जनाएको छ। उत्तर कोरिया पुग्नुअघि उक्त आँधीले दक्षिण कोरियामा तीनजनाको ज्यान लिएको थियो। (एजेन्सी)