काठमाडाैं – नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न भने सकेन।
भद्रगोलबाट निर्देशक द्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो। नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले र अशोक धितालले लिएका छन्।
गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरमा बनाइएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन। साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन्। यूट्यूवमा भद्रगोलको एपीसाेड ट्रेन्डिङ नम्बर छैटौंमा छ।
उक्त शोले सात लाख जति भ्यूज पनि पाएको छ। तर निर्माण टिमको लागि चिन्ताको विषय के छ भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन्। अहिले यूट्यूवमा सो एपीसोडमा १६ हजार लाइक र १९ हजार डिसलाइक देखिएका छन्।
चर्चित टेलीश्रृखंला ‘भद्रगोल’को बिवाद सतहमा
उक्त एपीसोडमा आएका ११ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये धेरैजसो नकारात्मक छन्। धेरैजसोले पुरानो टिमलाई फर्काउने माग गरेका छन्। कतिपयले भद्रगोल नहेर्ने पनि भनेका छन्।यो भन्दा अगाडि भद्रगोलका धेरैजसो एपीसोडहरु ट्रेन्डिङ १ मा आउने गरेका थिए। तर, पुरानो टिम नभएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?v=6WQ9ZSY1Hv0