काठमाडौं– बल्छि धुर्वे र राजु मास्टरको निर्देशनमा रहेको नेपाली हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ हिजोबाट नेपाली टेलिभिजनमा प्रशारण भएको छ। यसमा कलाकारहरु राजु पौडेल, मरिचमान श्रेष्ठ, अनीता बस्नेत, कमला रेग्मी ,दिपक शर्मा, पल्लवी महरा, बेगम पुन मगर, पुस्कर ढुङगेल, कुमार गजुरेल उज्जवल खड्का लगायत अन्य कलाकारहरु पनि रहेका छन्।
हल्का रमाइलोमा विपीन आचार्यकाे संगित रहेको गीतलाई राजेशपायल राईले गाएका छन्। राजु पौडेल र मरिचमान श्रेष्ठको लेखनमा रहेको कथा कार्यक्रमलाई रविन भट्ट र अशोक चौधरीले सम्पादन गरेका हुन्। यो कार्यक्रम मिडिया हब प्राइवेट लिमिटेड कम्पनी युट्युब च्यानलले प्रशारण गरेको छ।
यस कार्यक्रमलाई पहिलो एपीसोडबाट नै दर्शकहरुले अत्याधिक मन पराएका छन्। उक्त एपीसोडमा १७ हजार जनाले लाइक र ४ सय ६५ जनाले डिस्लाइक गरेका छन्। दर्शकहरुले प्रतिक्रिया पनि राम्रै दिएका छन्।
https://youtu.be/zy1ejCTjTH8