एजेन्सी– युरो कप छनोट मा स्पेनले प्रभावशाली जित दर्ता गरेको छ। स्पेनले हिजो (आइतबार) भएको खेलमा फरो आइल्याण्डलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो।
छनोटमा अपराजित रहेको स्पेनका लागि खेलको १३ औं मिनेटमा रोड्रिगोले गोल गरेका थिए। उत्कृष्ट खेल खेलेको स्पेनले पहिलो हाफमा धेरै मौकाहरु बुनेपनि थप गोल गर्न सकेन। तर दोस्रो हाफ शुरु भउको केहि बेरमा नै रोड्रिगाले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २–० को बलियो स्थितिमा पुर्याएका थिए।
आक्रमक खेल खेल्ने क्रममा थप गरिएको समयमा वैकल्पिक खेलाडी अल्कासेरले दुई गोल गरेका थिए। उनले अलाकान्टरा र जोसे गायनको उत्कृष्ट एसिष्टमा बललाई विपक्षीको पोष्टको दिशा दिएका थिए।
यसखेलसँगै सबै खेल जितेको स्पेन आफ्नो समुहमा ६ खेलबाट १८ अंक बटुल्दै शीर्षस्थान छ भने ६ खेलबाट नै ११ अंक जोड्दै स्वीडेन दोस्रो स्थानमा छ।