काठमाडाैं– नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानविरुद्ध खेलिरहेको छ। जारि नादेझ्दा कप अन्तर्गत आफ्नो पहिलो खेल जितेको नेपाल दोस्रो खेलमा पनि शुखद नतिजा निकाल्ने दाउमा छ।
पहिलो खेलमा शनसनीपूर्ण जित निकाल्दै नेपालले किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले पराजित गरेको थियो। सो खेलमा सावित्रा भण्डारीले ४, अनिता बस्नेतले २ तथा दिपा राई र कप्तान निरु थापाले १–१ गोल गरेका थिए।
लाइभ हेर्न तलको लिङ्क खोल्नुहोसः
https://youtu.be/mJ9u3fgRyTk
आजको खेल जितेमा नेपालको फाइनल पुग्ने सम्भावना प्रबल हुनेछ। नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का रहेका छन्।