एजेन्सी– इटालीले युरोकप छनोटमा फिनल्याण्डलाई हराएको छ। हिजो(आइतबार) राति भएको खेलमा इटाली २–१ ले विजयी भएको हो। इटालीको जितमा सिरो इमोबाइल र जोर्गिन्हो नायक बनेका थिए। खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो।
इटालीका लागि इमोबाइलले ५९औं मिनेटमा गोल गरेका थिए। तर फिनल्यान्डले खेलको ७२ औं मिनेटमा पेनाल्टी पाएको थियो।फिनल्याण्डका मुकीले मौका खेर फालेनन् जसको कारण खेल १–१ गोलको स्थितिमा पुग्यो।
रोमाञ्चक बनेको खेलमा इटालीले ७२ औं मिनेटमा पेनाल्टी पायो। उक्त पेनाल्टीको सहि सदुपयोग गर्दै जोर्गिन्होले गोल गरे र इटाली २–१ गोलले विजयी भयो।
यससगै ६ खेलमा शतप्रतिशत जित निकालेको इटाली १८ अंकको साथ समुहको शीर्षस्थानमा छ भने ६ खेल नै खेलेको फिनल्याण्ड ४ खेल जित्दै १२ अंकको साथ दोस्रो स्थानमा छ।