सप्तरी–सप्तरीमा सर्पले टोक्दा एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा महदेवा गाउँपालिकाको बलथीकी सूर्यमनीदेवी यादव छिन्। उनी ५५ बर्षको थिइन्।
सर्पले डसेछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको मृत्यू भएको बताइएको छ। बारीमा घाँस काट्न जाँदा उनलाई सर्पले टोकेको थियो।