एजेन्सी–बलीवुड अभिनेता अक्षय कुमारले आफ्नो जन्मदिनको अवसरमा आउँदै गरेको फिल्म ‘पृथ्वीराज’ को रिलिज मिति खुलाएका छन्। फिल्मको निर्देशन डा.चंद्रप्रकाश द्विवेदीले गरेका छन्।
बलीवुड अभिनेता अक्षय कुमार आज आफ्नो ५२औं जन्मदिन सेलिब्रेट गरिरहेका छन्। उनलाई सोशल मीडिया बाट पनि धेरै बधाई दिइरहेको छ। फिल्म इन्डस्ट्रीको खिलाड़ी अक्षय कुमारले आफ्नो काममा सम्झौता नगर्ने कुराको पनि प्रमाणित गरेका छन्। त्यसैगरि उनले जन्मदिनको अवसरमा आउन लागेको फिल्म ‘पृथ्वीराज चौहान’ को टीजर शेयर गरेका छन्। उक्त फिल्ममा अक्षयले एक ऐतिहासिक पात्रको भूमिका निभाएका छन्। यशराज प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा अक्षयको नै मुख्य भूमिका रहेको छ।
आफ्नो ट्विटरमा फिल्म को टीजर रिलीज गर्दै अक्षय कुमारले लेखेका छन्, ‘आफ्नो बर्थडेको दिन आफ्नो पहिलो ऐतिहासिक फिल्मको बारेमा बताउँदा म धेरै नै खुसी छु। वीरताको पहिचान दिने ‘सम्राट पृथ्वीराज चौहान’ को भूमिका निभाउनको लागी जुन मौका मिलेको छ, त्यसको लागी धेरै खुशी छु। ‘पृथ्वीराज’ मेरो अहिले सम्मकै सबैभन्दा राम्रो फिल्म मध्येकाे एक हो’ । उक्त फिल्म ‘२०२०’ को दिपावलीको बेला रिलिज हुने भनेर अक्षयले बताएका छन्।