प्युठान– प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई बहुबिवाहको मुद्धा लागेको छ। उनी नेपाली काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उनीविरुद्ध श्रीमती सीता केसी गिरीले भदौ १० गते बहुविवाहको उजुरी दिएकी थिइन्।
आफूविरुद्ध उजुरी दर्ता भएपछि उनी आफैँ जिल्ला प्रहरी कार्यलय गएको बताइएको छ। उनी अहिले प्रहरी हिरासतमा छन्। उनको कान्छी श्रीमती अस्मिता बुढाथोकीलाई पनि प्रहरीले हिरासतमा लिएको छ।
कानुनअनुसार बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिता दफा १७५ उपदफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म जेल र १० हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।