काठमाडाैं– युरोकप छनोट अन्तर्गत आज राती १० खेल हुँदैछन्। पहिलो खेलमा क्रोसियाले अजरबैजनसँग खेल्दैछ । उक्त खेल नेपालीसमयअनुसार बेलुका ९ः४५ मा शुरु हुनेछ । त्यस्तै आज राती १२ः३० बजे जर्मनीले नर्थैन आयरल्याण्डको सामना गर्ने छ भने बेल्जियमले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
अन्य खेलहरुमा ल्याट्भिया र नर्थ म्यासिडोनिया, हङ्गेरी र स्लोभाकिया, इजरायल र स्लोभेनिया मैदानमा उत्रनेछन्।त्यस्तै आज राती नै स्यान म्यारीनो र साइप्रस, नेदरल्याण्ड र स्टोनिया , रसिया र काजख्स्तान, पोल्याण्ड र अस्ट्रिय पनि आमनेसामने हुनेछन्।
सबै खेलहरु नेपाली समयअनुसार राती १२ः३० मा हुनेछन्।