एजेन्सी–प्रभास र श्रद्धा कपूरको फिल्म ’साहो’ ले दुनियाभरमानै ‘बक्स अफिस’ मा शानदार प्रदर्शन गरिरहेको छ। नयाँ अनुमानकोे अनुसार फिल्मले वल्र्डवाइडमा ४ सय करोड भन्दा बढीको कलेक्शन बनाइसकेको छ। शो खबर फिल्मको निर्माताले सोशल मिडियामा सोमिवार ट्वीट बाट जानकारी दिएका थिए। उक्त ट्वीटमा उनले यो पनि भनेका छन, ‘के तपाई यो भन्दा बढी अरु केही कल्पना गर्नसक्नुहुन्छ? ‘साहो’ले विश्वस्तरमा ४ सय करोड पार गरिसकेको छ।’
प्रभासको ‘बाहुबली’ फिल्म पछि ‘साहो’ पहिलो फिल्म हो। ‘साहो’ ३ सय ५० करोडको लगानीमा बनेको हो। उक्त फिल्ममा श्रद्धा कपूर, नील नितिन मुकेश र जैकी श्राँफ पनि मुख्य भूमिकामा छन्। फिल्म रिलीज भएको १० दिन भएको छ।
फिल्म ’साहो’ भारतमा १० हजार स्क्रीन्समा रिलीज गरेको थियो। ‘साहो’ले स्क्रीन्स शेयरिङ्गको विषयमा ‘बाहुबली २’ र रजनीकांतको साइन्स फिक्शन ‘२.०’ को पनि रिकर्ड तोडेको छ। ‘साहो’ हिंदुस्तानी फिल्मकोे इतिहासमा दोस्रो महंगो फिल्म बताएको छ।