काठमाडौं–बालबालिकाको पहिलो विधालय भनेकै घर हो। त्यसपछि मात्र अरू शैक्षिक संस्था, शिक्षक अगाडि आउँछन्। एउटा बच्चा विद्यालय गएन तर घरमा राम्रो वातावरण पायो भने राम्रो व्यक्ति बन्न सक्छ, तर घरबिनाको बच्चाले विद्यालय पाउँदैमा सफल हुन्छ, भन्ने छैन्।
हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ कि कडा अनुशासनमा राख्न जोड दिँदैछौँ?
नेपालमा विधालय तहबाटै बालमस्तिष्कमाथि शासन सुरु गरिन्छ। उनीहरुलाई कैदी जस्तो बनाई नैतिकता र स्वतन्त्रताको पाठ पढाइन्छ।
नेसनल सेन्टर फर टाइम एन्ड लर्निङको एउटा अनुसन्धान अनुसार आठ घण्टाको स्कुलमा प्रतिवर्ष दुई सय अतिरिक्त खर्च गर्छन्। विज्ञहरु भन्छन्, ‘स्कुलमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक, आर्थिक उपलब्धिको ढोका बन्द हुन्छ।
१० कक्षासम्म पढ्ने विधाथी आठ बजे स्कुल जानका लागि सात बजे घरबाट हिँड्नुपर्छ। साँझ घर फर्किंदा पाँच बज्छ। ट्युसन क्लास वा अतिरिक्त कक्षा भनेर स्कुलमा बिहानबाट साँझसम्म विद्यार्थीहरू राख्ने गरिन्छ। लामो समय स्कुलमा समय बिताउँदा थकानको कारण न अतिरिक्त क्रियाकलाप प्रभावकारी हुने गर्छ न शिक्षकले पढाएको नै प्रभावकारी हुन्छ।
बिहान आठ बजेबाट स्कुल सुरु हुन्छ, साँझ पाँच बजे फर्किन्छ। तर परीक्षामा राम्रो नम्बर पनि ल्याएकोे हुँदैन। शिक्षकहरु पनि स्कुलमा फेल भयो, फेरि अतिरिक्त क्रियाकलाप गराउनुपर्छ भन्छन् । न छिटो घर आउँछ न राम्रो नम्बर ल्याउँछ।
बच्चालाई स्कुलले राखिदिने ५, ६ घण्टा समय पनि थोरै छ ती अभिभावकलाई तर ती अभिभावकले स्कुलमा धेरै समय रहने बच्चामा पर्ने नकारात्मक प्रभावबारे भने बुझेका हुँदैनन्।
साना बालबालिकाले घर पुगेर खेल्ने अराम गर्ने टीभी हेर्ने समय नै पाउँदैनन् । बिहान गृहकार्य, दिनभरी स्कुल र साँझ फेरि गृहकार्य साथै स्कुलमा पनि ३०, ४० मिनेट खाजा खाने समय मुस्किलले छुट्टिन्छ।
स्कुल समयमा विद्यार्थीलाई प्रत्येक १५ मिनेट खेल्ने र उफ्रिने समय छुट्याइएको हुन्छ। अभिभावकहरु घरमा छेराछोरीले दुःख दिन्छन् वा जागिरे भएको कारण छोराछोरीलाई ख्याल राख्न पाइँदैन भनेर लामो समयसम्म पढाइ हुने वा लामो समय राखिदिने स्कुल खोज्छन् ।
तर बिहानबाट बेलुकीसम्म विद्यालयकै रोहबरमा र नियन्त्रणमा राखेर पढाउँदा उनीहरुले गर्न पाउने सामान्य क्रियाकलाप पनि गर्न नपाउँदा विकासमा नकारात्मक असर पर्छ।
कलिला उमेरका बालबालिकालाई परिवारको सम्पर्कबाट टाढा राख्नु भनेको आफैँमा नकारात्मक प्रभाव हो । बच्चालाई बाबुआमाको नजिक बस्नुपर्ने र खेल्नुपर्ने हुन्छ।
परिवारमा बच्चा सबैको आकर्षणको केन्द्र हुन्छ। विद्यालयमा हेर्ने र ख्याल गर्ने मान्छे त राखेको छ तर एकजना मान्छेले १५, २० जना बच्चा हेर्नुपर्छ।
धेरै समय स्कुल विताउने बच्चाको स्कुलमा गहिरो लगाव पनि हुँदैन। त्यो उमेरमा बालबालिको लगाव राम्रो हुन पाएन भने त्यतिबेला पूरा नभएको कुरा पछि सम्म असर देखिरहन्छ।
कसैसँग नजिकको सम्बन्ध बनाउन नसक्ने भावनात्मक सम्बन्ध स्थापित गर्न नसक्ने जस्ता समस्या पछि देखिन सक्छन्। हाम्रो समाजमा बच्चा दुई वर्षको भएपछि स्कुल पठाइ हाल्ने चलन छ।
झोला बोकेर दुई वर्षको बच्चालाई स्कुलमा पढाउने, लाइन लगाएर राख्ने गतिविधि भयो भने त्यसले नकारात्मक असर पर्छ। लामो समय विद्यार्थीलाई स्कुलमा राख्दा पढाइप्रति नै वितृष्णा पैदा हुन्छ, भन्ने ती अभिभावकलाई थाहा हुँदैन।
घर–परिवारमा पारिवारिक वातावरण हुन्छ। बच्चाहरु घुलमिल हुन्छन्। बस्न, हिँड्न र डुल्न पनि सजिलो हुन्छ। छरछिमेकमा स्वतन्त्र ढङ्गले खेल्ने, कुद्ने, बस्ने र अरू खालका मनोरञ्जनका काम पनि गर्न सक्छन्।
त्यसैले लामो समय स्कुलमा राख्दा नराम्रो असर पर्छ। ६ वर्षमुनिको बच्चालाई ३,४ घण्टा र त्यो भन्दा माथिको बच्चालाई खाना खाने र खेल्ने समय स्कुलमा राख्नुहुँदैन।