काठमाडाैं– विश्वकपको दोस्रो चरण छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेइलाई हराएको छ। मंगलबार सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० गोलले पराजित गरेको हो।
खेलको तेस्रो मिनेटमा नै अन्जनले गोल गर्दै नेपाललाइ अग्रता दिलाएका थिए। घरेलु मैदानमा पछाडी परेको ताइपेइले लगातार आक्रमण बुनेपानी नेपाली डिफेन्सले राम्रो प्रदर्शन गरे ।पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा रवी पासवानको क्रसलाई सुजल श्रेष्ठले हेड गर्दै अन्जनतर्फ दिए अन्जनले हाफ भलीमा उत्कृष्ट गोल गरे।
यस नतिजासँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएकाे छ । समान ३–३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन् । अष्ट्रेलियाले कुनै खेल खेलेको छैन भने ताइपेइ लगातर दोस्रो हारपछि पुछारमा छ ।
पहिलो खेलमा लज्जास्पद हार बेहोरेको नेपालले खेलमा धेरै सुधार गरेको थियो।नेपाल पहिलो खेलमा कुवेतसँग ७–० को गोलअन्तरले पराजित भएको थियो।