काठमाण्डौ - बेलायतस्थित द टाइम्स् हाइयर एजुकेशनले सार्बजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय लिदै ,उच्च स्थरीय र गुणस्तरको अविवृद्वी गराउन सफल तीन सयमा २५१ औं स्थानमा सूचीकृत भएको हो। त्रिभुवने पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा विश्वविद्यालयल भाग लिएको थियो।
सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्ककका आधारमा विश्वविद्यालयहरुको मुल्याङ्कन गरेको हो। उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नलहरु, राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तरमा प्रकाशित लेखमा गरिएका साइटेशन, विश्वविद्यालयभित्र अध्ययनरत अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या मुल्याङ्कनमा विश्वका उत्कृष्ट हजारमा ८०१ औं विश्वविद्यालयहरुको सूचीभित्र त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको थियो ।
मुख्य सूचकहरुलाई आधार मानी सन् २०१९ का लागि उपलब्ध गराइएको तथ्याङ्ककका आधारमा विश्वविद्यालयहरुको मुल्याङ्कन गरेको हो। अन्तर्रा्ष्ट्रिय गरिमा अभिवृद्धि हुने गरी स्तर निर्धारण प्रक्रियामा सहभागी गराएकोमा त्रिभुवन विश्वविद्यालयले द टाइम्स् हाइयर एजुकेशनप्रति आभार प्रकट गरेको छ।
हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धता र लगनशिलताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हाषिल गर्नेछ। आजको विश्वव्यापीकरणको युगमा विश्वव्यापी प्रतिष्पर्धाका लागि, प्रतिष्पर्धात्मक अनुसन्धानका लागि समेत विश्वस्तरीय सूचीकरणको ठुलो भुमिका रहने र आधुनिक विश्वविद्यालयहरुको भाषामा विश्व विद्यालय याकिङ निकै चल्तीको भाषा भएकाले यस विषयलाई गम्भीर रुपमा ग्रहण गर्दै भविष्यमा विश्वविद्यालयको सम्मान र उचाईका लागि हामी सबै सधैं इमान्दारीपूर्वक क्रियाशिल रही रहौं भन्ने आव्हान गर्न पनि चाहन्छौं।
त्रिविले हासिल गरेको अन्तर्रा्ष्ट्रिय मान्यताबाट हाम्रा विद्यार्थीहरुलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा थप पहुँच प्राप्त भएको छ । त्रिवि विश्वविद्यालयको र्यांकिङमा परेपछि विश्व प्राज्ञिक जगतमा त्रिविको महत्व थप बढेको भन्दै विश्वविद्यालयले अन्तर्रा्ष्ट्रिय मान्यताबाट हाम्रा विद्यार्थीहरुलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा थप पहुँच प्राप्त भएको छ क्रियाशिल भई विश्वविद्यालय अगाडी बड्ने आव्हान गर्न पनि चाहने जानकारी गरेकाे छ।