एजेन्सी– युरोकप छनोटको खेलमा इङल्याण्ड विजयी भएको छ। इङल्याण्डले आफ्नो घरमा पछि परेको अवस्थामा पनि उत्कृष्ट कमब्याक गर्दै ५–३ को शनसनीपूर्ण जित निकालेको हो। खेल शुरु भएको १ मिनेट नबित्दै कोसोभोका भालोन बेरिशाले गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिएका थिए।
इङल्याण्डका रहिम स्टरलिङले खेलको ८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरीको अवस्थामा पु¥याएका थिए। त्यस्तै सम्हालिएको प्रदर्शन गरेको इङल्याण्डले १८ औं मिनेटमा अर्को गोल गर्दै खेलमा अग्रता बनायो। सो गोल ह्यारी केनले गरेका थिए। खेलको ३८ औं मिनेटमा कोसोभोले आत्मघाती गोल खाएपछि इङल्याण्ड ३–१ को बलियो स्थितिमा पुगेको थियो। खेलमा दबदबा कायम गरेको इङल्याण्डले पहिलो हाफ सकिन केही मिनेट बाँकी रहँदा लगातार दुई गोल गरेको थियो। ती दुबै गोल सान्चोले गरेका थिए।
खेलको ४९ औं मिनेटमा कोसोभोका बेरिशाले गोल गर्दै गोल अन्तर घटाएका थिए। त्यसलगतै पेनाल्टी पाएको काभोसोले खेललाई ५–३ को स्थितिमा ल्याएको थियो। खेलको ६५ औं मिनेटमा घरेलु टोलीले पनि पेनाल्टी पाएको थियो तर ह्यारी केन गोल गर्न भने चुकेका थिए।खेलमा त्यसपछि अन्य गोल भएन जसको कारण इङल्याण्डले ५–३ गोलले खेल आफ्नो पक्षमा पारेको थियो।
यस जितसँगै इङल्याण्ड ४ खेलमा १२ अंक बटुलेर समुहको शीर्षस्थानमा छ।