भद्रपुर - अवस्थित झापाको हल्दीबारीमा नेपालबाट लोपोन्मुख मेचे भाषामा पठनपाठन शुरु गरिएको छ । साबिक जलथल गाविसमा एक हजार पाँच सय बढी मेचे समाज बसोबास गर्दै आइरहेका छन् ।
आफ्नो भाषा भेषको र संस्कृति जोगाउनको लागि दुइवर्ष यताबाट स्थानीय सरकारले भाषा व्यवस्थाप्रणाली शुरु गरिएको पाइन्छ । तराई र पहाड जिल्लाहरूमा फाटफुट रूपमा बसोबास गर्दै आइरहेका मेचे जातिको आफ्नो सहुलियता छ ।
लोपोन्मुख मेचे जातीको भाषा, धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाहरुले आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरी ती समुदायमाथि हौषलाप्ररित गदै आएको छ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ को बजेट, नीति तथा कार्यक्रममै लोपोन्मुख मेचे जातीको भाषा, धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम ल्याएको हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जानकारी दिए।
मेचे जातीलाइ मध्यनजर गरी हल्दीबारी गाउँपालिकाले हल्दीबारी गाउँपालिका – ४ जलथल ऐनावारी स्थित दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको पठनपाठन शुरु गरेको छ मेचे भाषाको पठनपाठन नेपालमै पहिलो पटक भएको लिङदेनको दाबी छ।
केहीदिन अघि गाउँपालिकाले किताब उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले जानकारी दिए । सन्तलाल मेचेले लेखेको ‘जङ्नी राउ’ थाख— १ नामको पुस्तक रहेको छ।
विद्यालयले शिक्षकको व्यवस्थापन गरेर यही शैक्षिक सत्रदेखि मेचे भाषा पठनपाठन शुरु गरिएको उनले जनाए। कक्षा १ का लागि तयार पारिएको मेचे भाषाको पुस्तक अन्य कक्षामा अध्ययन गर्ने मेचे जातीका विद्यार्थीलाई समेत पढाउँदै आएको मेचे भाषा शिक्षक सुनिता मेचेले बताइन्।
स्थानीय तहले नै पाठ्यक्रम तयार पारेर यही शैक्षिक सत्रबाट पठन–पाठन शुरु गरिएको शिक्षा समितिका संयोजक तथा उपप्रमुख डम्बरबहादुर गिरीले बताए । पठ्न इच्छा हुने सवै विद्यार्थीले अध्ययन गर्न सकिने उनले जनाए।
मेचे भाषाको व्यञ्जन १७ तथा स्वर वर्णन ५ रहेको भाषाशास्त्री सन्तलालले जनाए । भाषा अध्ययन गर्न चाहने जुनसुकै समुदायका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाएको विद्यालयले जनाएको उनको भनाइ छ।
एसीसहितको वाल विकास कक्षा समेत सञ्चालन गरिएको र आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी सङ्ख्यामा समेत सुधार आउने विश्वास विद्यालयले लिएको जनाएको छ । उक्त पुस्तकको विमोचन गाउँपालिकाले भदौ १३ गते आयोजना गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा लोर्कापण गरिएको थियो । सङ्घीय साँसद् सदस्य राजेन्द्र लिङदेनले गरेका थिए।
पुस्तक विमोचनपछि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । हल्दीबारी कै नमूना विद्यालयका रूपमा विकसित हुँदै गएको सो विद्यालयमा लोपोन्मुख मेचे जातिका ९० प्रतिशतभन्दा बढी बालबच्चा अध्ययनरत गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशलाल मेचेले बताए। भाषासँगै जातियता जोगाइराख्न यस्तो विषय अध्यापान गराउन शुरु गरिएको उनको भनाइ छ।