एजेन्सी– युरो कप छनोटमा पोर्चुगलले लिथुआनियालाई ५–१ गोलले हराएको छ। पोर्चुगलका लागि प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डाले ह्याट्रिकसहित ४ गोल गरेका थिए।
खेलमा शुरुदेखि नै दबदबा राखेको पोर्चुगलले ७ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। पेनाल्टी रानाल्डोले प्रहार गरेका थिए। लिथुआनियाका भेटाउटास एन्ड्रियुसकेभिसले खेलको २८ औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रतालाई बराबरीमा ल्याएका थिए।
त्यस्तै ६२ औं मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै पोचर्सगललाई पुनः अग्रता दिलाएका थिए। उनले राफा सिल्भाको पासलाई सदुपयोग गरेका थिए।
निकै आक्रमक खेल खेलेका रोनाल्डोले ६५ औें ह्याट्रिक नै पुरा गरे भने पोर्चुगलले खेलमा २ गोलको अग्रता बनायो।
शनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा रोनाल्डोले ७६ औं मिनेटमा पुनः गोल गरे र पोर्चुगल ४–१ को स्थितिमा पुग्यो। यससँगै उनी युरो छनोटमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि बने।
खेल सकिन केही समय बाँकी रहेको अवस्थामा विलियम कार्भाल्होले गोल गरे। पोर्चुगलको सामु निरिह देखिएको लिथुआनियाले थप गोल गर्न नसक्दा पोर्चुगलले खेल ५–१ ले आफ्नो पक्षमा पारेको हो। यो जितसँगै ४ खेलबाट ८ अंक जोडेर पोर्चुगल समुहको दोस्रो स्थानमा पुगेको छ।