एजेन्सी– सलमान खानले फ्यान्सको लागी आज नयाँ खबर दिएको छ। उनले आज आफ्नो बहुप्रतिक्षित फिल्म ’दबंग ३’ को मोशन पोस्टर रिलीज गर्दै चुलबुल राँबिनहुड पांडे को पहिलो झलक देखाएका छन्। मोशन पोस्टरलाई हिंदी सहित तमिल र तेलुगु गरि ३ भाषामा रिलीज गरेका हुन्।
खानले फिल्मको मोशन पोस्टर रिलीज गर्दै लेखेका छन्, ‘हाम्रो स्वागत त गर्नुस भन्दै, ठीक १०० चुलबुल राँबिनहुड पांडे आउदै छ।’ यस फिल्मको निर्देशन र कोरियोग्राफी प्रभु देवाले गर्दै छन्। ‘दबंग’ र ‘दबंग २’ को अपार सफलता पछि ‘दबंग ३’ आउन लागेको हो।
फिल्ममा सलमानको जोडीको रुपमा सोनाक्षी सिन्हा देखिने छन्। सोनाक्षीले ’दबंग २’ बाट नै डेब्यू गरेकी थिइन्। उक्त फिल्म सोनाक्षीको वर्ष २०१९ कोे चौथो र अन्तिम फिल्म हुने भएको छ। यो वर्ष सोनाक्षीको ‘खानदानी शफाखाना’, ‘कलंक’ र ‘मिशन मंगल’ रिलीज भइसकेको छ।
डिसेम्बर १० मा ‘दबंग २’ रिलीज भएको थियो। यो फिल्म रिलीज भएको १ वर्ष भइसक्यो। ९ वर्ष पुरा भएको अवसरमा सोनाक्षीले भनिन्, ‘फिल्म ’दबंग’ मेरो लागि धेरै स्पेशल फिल्म हो। फिल्म इन्डस्ट्रीमा मेरो यात्रा ९ वर्ष भइसक्यो। म धेरै खुसी छु, किनकी हामी फिल्मको पार्ट ३ मा पनि आउदै छौँ।’ यो फिल्म २० डिसेम्बरबाट सिनेमाघर मा रिलिज हुनेछ।
https://youtu.be/38A5Qa_ru6Q