काठमाडौं – एक सर्वेक्षण अनुसार बालिकाहरुमाथि यौन हिंसा, प्रायः ठुला उमेरका मानिस नै हुने गरेको पाइन्छ। आमा–बुबाले आफ्ना सन्तानसंग केही समय बिताएर यस बिषयमा खुलेर कुरा गरेमा मात्र बालिकाले सही र गलतको बारेमा बुझ्न सक्छन्।
हामीले बच्चासंग सधैं साथी जस्तो व्यवहार गर्नु पर्छ, यस्तो व्यवहारले बालबालिकाले तपाईंलाई सबै कुरा शेयर गर्न थाल्छन् । स–साना बालिकाहरु आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका हुदैनन्। त्यस्तो स्थितीको जिम्मेवार केही हद सम्म आमाबुबाहरु हुन्छ।
प्रायः घरहरुमा किताबी ज्ञानलाई मात्र बढि महत्व दिने गरिन्छ। बालिकाहरुलाई किताबी ज्ञानको जति आवश्यक छ, त्यति नै बाहिरी ज्ञानको पनि आवश्यक हुन्छ। यस्ता ज्ञानले अपराधिलाई अपराध गर्नबाट रोक्न नसके पनि अपराध हुनबाट बचाउन त सकिन्छ।
समय अनुसार बालबालिकाहरुलाई हामीले सही र गलत छुट्याई गर्न हुने र गर्न नहुने कुरा बारेमा बताउनु आवश्यकछ। बच्चालाई सधैं बच्चा जस्तो भएर सम्झाउनु आवश्यक छ। यदि तपाईं बच्चालाई यी कुराको बारेमा सम्झाउँदै हुनुहुन्छ, भने एकान्त भन्दा सबै भएको ठाउँमा सम्झाउनु पर्छ।
यसो गर्दा उनीहरुले सही र गलत राम्रोसंग सम्झन्छन्। आज छोरीहरु घर बाहिर मात्र होइन घर भित्र पनि सुरक्षित छैनन्। विद्यालयको शिक्षामा पनि गुड टच र ब्याड टचको बारेमा नबताउनु पनि सबैभन्दा ठुलो गल्ति भएको छ।
प्रायः स्कुलमा बच्चाहरुलाई नाता सम्बन्धको मर्यादाको बारेमा त बताइन्छ। जुन सम्बन्धहरुका बीचमा आमा–बुबाले आफ्नो बच्चालाई सुरक्षित सम्झन्छन्, त्यहि नाता सम्बन्धका व्यक्तिहरुले बालिकाहरुसंग गलत क्रियाकलाप गर्छन्। जसका कारण धेरै बालिकाहरु मानसिक रोगको शिकार बन्छन्।
त्यसैले बालिकाहरुलाई बाल्यकालदेखि नै सम्बन्ध र यौन सम्बन्धि शिक्षाको ज्ञान दिन अति नै आवश्यक छ। विशेष गरेर अभिभावकले आफ्ना बालिकाहरुलाई यस्ता कुराको शिक्षा दिन आवश्यक छ। अधिकांश मानिसहरु यौन शोषणका पछाडि पालन पोषणलाई दोष दिन्छन्।
हो, यो पनि महत्वपूर्ण कुरा हो, तर यी सबै कुराहरुभन्दा पनि महत्वपूर्ण के हो भने हामीले बालबालिकाहरुलाई के देखाइरहेका छौं ? कस्तो वातावरण दिइरहेका छौं ? बालबालिकाहरुलाई बचाउनु छ, भने उनीहरुलाई बाल्यकालदेखि नै सही र गलत कुराको ज्ञान दिनु पर्छ।
आजको बढदो अपराधका अनुसार बालबालिकाहरुलाई ती सबै चिजहरु सिकाउनु तथा बताउनु अनिवार्य छ।
आजको समयमा बालबालिकाहरु जति खुलेर रहन्छन, त्यति नै उनीहरुका लागि तथा तपाईंका लागि पनि राम्रो हुनेछ।
बालबालिकाहरुलाई स्कूलमै छुट्टै क्लास दिनु पर्छ, जहाँ उनीहरुले सजिलै यो कुरा बुझ्न पाउन् र समय आएको बेला आफूलाई बचाउन सकून्। बाल–बालिकालाई सानै उमेरदेखि नै उनीहरुको शारीरिक संरचनाको बारेमा पुर्ण जानकारी दिनु पर्छ।
बाल–बालिकालाई उनीहरुके गोप्य अंग कुन हो र यी अंगहरुलाई अरु कोहिलाई छुन दिनु हुँदैन। बाल–बालिकालाई उनीहरुको शरीरमा केवल उनीहरुको मात्र अधिकार हुन्छ, र कसैले पनि ति अंगहरुमा जबर्जस्ती टच गन सक्दैन।
यदि कसैले जबर्जस्ती टच गर्न खोज्छ भने तुरुन्त आफ्नो आमाबुबालाई बताउनु पर्छ, भन्ने कुरा सिकाउनु पर्छ । बालबालिकालाई उनीहरुको शरीरको बनावटको बारेमा बताउनु पर्छ, र ती कुराहरु बताउँदा सही भाषाकोे प्रयोग गर्नु पर्छ। यसको साथै बालक र बालिकाको शरीरको बनावटको भिन्नताका बारेमा पनि बताउनु पर्छ ।