काठमाडौं– डेङ्गु उपत्यका बाहिर मात्रै नभएर उपत्यका भित्र पनि डरलाग्दो समस्या बनिसकेको छ। धेरै जना यसबाट संक्रमित भइसकेका छन् भने कतिले त ज्यान नै गुमाइसकेका छन्। डेङ्गुबाट बच्नको लागि जनचेतजनामुलक कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन्।
यस्तैमा पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद महेश बस्नेत भने लामखुट्टे मार्न आँफै सक्रिय भएका छन्। उनी लामखुट्टे मार्ने मेसिनसहित मनहराको सुकुम्बासी बस्ती गएका छन्। डेंगुविरुद्धको सामाजिक अभियानका क्रममा उनी लामखुट्टे मार्ने विषादी छर्कदै हिडेका छन्।
मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्छन्। मेसिनसमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ। बस्नेत आफ्नाे क्षेत्रमा डेङ्गु फैलिन नदिन विहानैदेखि फगर मेसिन बोकेर हिड्ने गरेका छन्।
लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ,मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगेर विषादी छर्किने काम गरिएको उनले बताएका छन्। यस्ता काम प्रभावकारी भएकोले डेङ्गुबाच बच्न सहयोग पुग्ने भन्दै सबै आ–आफ्नो ठाँउबाट लाग्नुपर्ने उनको भनाई थियो।