एजेन्सी–प्रियंका चोपड़ाको फिल्म ’द स्काई इज पिंक’ को ट्रेलर रिलिज भएको छ। उनी बलिउड फिल्म क्षेत्रमा लामो समयपछि फर्किएकी हुन्। शो ट्रेलरमा प्रियंका आफ्नो पति फरहान अख्तरसगँ मजाकमा बैंक लूट्ने कुरा गर्छिन्, र यही कुरालाई लिएर आज महाराष्ट्र पुलिसले एक ट्वीट गरेको छ।‘पुलिसको उक्त ट्वीट बैंक लूट्न प्लानिंग गर्ने व्यक्तिलाई चेतावनी दिनको लागी हो।
प्रियंका, फरहान र जायरा वसीम मुख्य भूमिकामा छन्। फिल्मको कहानी जायरा वसीमकै वरिपरि घुमेको छ। ३ मिनेट ०९ सेकेन्डको यो ट्रेलर धेरै दमदार छ। यो ट्रेलरमा रोमान्स र प्रेमको साथै पारिवारिक सम्बन्ध पनि देखाइएको छ। निर्माताले उक्त फिल्म सत्य घटनामा आधारित रहेको बताएका छन्। ’द स्काई इज पिंक’ फिल्म आयशा चौधरीको वास्तविक जिवनमा अधारित छ। जो १३ वर्ष उमेरमा पल्मोनरी फाइब्रोसिसबाट ग्रसित भएपछि मोटिवेशनल स्पीकर बनेकी थिइन्।
आयशाको भूमिका जायरा वसीमले निभाएका छन् र उनको अविभावकको भूमिका प्रियंका र फरहान अख्तरले निभाएका छन्। फिल्मको निर्देशन शोनाली बोसले गरेका छन्। शो फिल्ममा प्रीतम चक्रवर्तीको संगीत रहेकोे छ। रोनी स्क्रूवाला र सिद्धार्थ राँय कपूरले निर्माण गरेका छन्। फिल्म ११ अक्टुबरकाे दिन सिनेमाघरमा रिलीज हुनेछ।
https://youtu.be/prwUFBsDRLk