एजेन्सी–बलीउड अभिनेत्री दीपिका पादुकोण बुधवार मुम्बईमा गणपति बाब्बाको आशीर्वाद लिन लालबाग राजाको दरबारमा पुगिन्। यस मन्दिरमा सधै बलीउड सेलिब्रेटी आउने जाने नै गर्छन्।
दीपिकाको साड़ी ह्यावी, गोल्डेन र बोर्डर थियो। यसको साथै दीपिकाले कपाल जुरो बनाएर ह्यावी ईयररिंग्सले आफ्नो लुक कम्प्लीट गरेकी थिईन्। उक्त पहिरन फ्यान्सहरुले धेरैनै मन पराएका छन्।
दीपिका परम्परागत भेषमा दर्शकको मन जित्दैँ आएकी छिन्। दीपिका गणपति बाब्बाको दर्शन गर्न पुगेपछि मानिसहरुको सेल्फी लिने भिडँ लागेका थिए।
आजको दिन गणेश उत्सवको अन्तिम दिन, अनन्त चतुर्दशीको दिन र आजकै दिन गणपति विजर्सन को परम्परा पनि हो। दीपिका पादुकोण अब छिटै फिल्म ‘छपाक’ मा देखिनेछिन्। ‘छपाक’ बाहेक उनी फिल्म ‘८३’ मा पनि कपिल देवको श्रीमतीको भूमिकामा देखिनेछिन।
कपिल देवको भूमिका भने रणवीर सिंहले निभाउनेछन्। दीपिका केही दिन अगाडी लन्डनबाट पति रणवीरसगँ ‘८३’ को छायांकन गरेर फर्केकी थिइन्।