काठमाडौं–फिल्म ‘प्रेम संसार’को ‘सुनैना सुनैना’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत बिहिबार राजधानीमा कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो। गीतसँगै फिल्मको प्रचार पनि सुरु भएको निर्माण टिमले बताएको छ।
शो गीतको अभिनयमा कलाकार प्रेम सोनी र आयुष्मा कार्की रहेका छन्। अर्जुन पोख्रेलको शब्द संगीत रहेको गीतलाई राजेश पायल राई र अञ्जु पन्तले गाएका छन्। गीतमा कोरियोग्राफर राम गौतमले गरेका हुन् । फिल्मको अभिनयमा प्रेम सोनी, आयुष्मा कार्की, सुनिल बिक, मोनिका दाहाल बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, कविता नेपाली, यमबहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डेलाई देख्न सकिन्छ ।
प्रेमबहादुर सुनारको कथा लेखन र निर्माण रहेको फिल्मलाई राम गौतमले निर्देशन गरेका हुन्। शंखर महर्जनको एक्सन, अर्जुन पोख्रेल र बीबी अनुरागीको संगीत र दीपेन्द्र बस्न्यातको छायाँकन रहेको फिल्म उपत्यका बाहिर एफ.डि कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछ। उक्त फिल्म मंसिर १३ गतेबाट प्रर्दशनमा आउने प्रोडक्सन टिमले बताएका छन्।
https://youtu.be/bO3g45_pvTE