काठमाडौं–‘मिस फारवेष्ट’ प्रतियोगिता रोयल कोल्याबोरेटिभ्स् प्रालिको आयोजनामा हुने भएको छ। उक्त प्रतियोगिताको बारेमा बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रालिका अध्यक्ष गजेन्द्र विक्रम शाहीले जानकारी दिएका छन्। पर्यटन, संस्कृति प्रवद्र्धन र नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग हुने उद्देश्यले आयोजना भएको हो। उक्त प्रतियोगितालाई चौधरी ग्रुपको उत्पादन नेपाल आइसले प्रायोजन गर्ने भएको छ।
नेपाल पर्यटन बोर्ड सुदूरपश्चिमको सबैभन्दा ठूलो र प्रतिष्ठित सौन्दर्य एवम् कला प्रतियोगिताको प्रवद्र्धक रहेको छ। कार्यक्रमले सुदूरपश्चिमका पर्यटकिय क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि प्रचार प्रसार गरेर पर्यटकिय गतिविधीलाई बढाउने भएको छ। ‘मिस फारवेष्ट’सहभागिताका लागी आवेदन फाराम वितरण सुरु भइसकेको छ।
असोज महिनाको ३ गते महेन्द्रनगरमा, ४ गते टिकापुरमा र ५ गते धनगढीमा अडिसन हुने भएको छ। शो छनौटबाट प्रतियोगीलाई असोज ७ गतेबाट १ महिना व्यक्तित्व विकास सम्बन्धी तालिम कोरियोग्राफर जेनिशा तामाङले प्रदान गर्ने भएकी छिन्।