काठमाडौं – नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उनको व्यक्तित्व र कृतित्वको बारेमा बिहीबार चर्चा गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपाल भाषाको साहित्यमा पुर्याएको योगदानको चर्चा गरिएको हो।
महाजुको कृतित्व र व्यक्तित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. ओमकारेश्वर श्रेष्ठले दुःख र कष्ट सहन बाध्य हुँदाहुँदै ५० ओटा पुस्तक दिएर नेपाली भाषाको उत्थानका लागि ठूलो गुन लगाउने काम गरकोे बताए। रोजीरोटीका लागि मजदूरी गर्दै आफ्नो मातृभाषाको विकासमा आफुँ खर्च गरेर पुस्तक प्रकाशन गर्नु निकै गाह्रो विषय हो, उनले भने उनको योगदानको जति बयान गरे पनि कम हुन जान्छ।
सिद्धिदासले विसं १९६३ देखि १९७१ सम्म पण्डित चक्रपाणि चालिसेसँग सङ्गत भएपछि चालिसेबाटै छन्द लेख्न सिकेको उनले बताए। डा. श्रेष्ठले नेपाली भाषामा मोतीराम भट्टले अघि बढाएको विधालाई सिद्धिदासले नेपाल भाषाबाट चरमोत्कर्षमा पुर्याएको बताए।
उनको विचार पढ्दा उनी शुरुमा परम्परावादी देखिएको उनले भने, पछिल्लो चरणमा उनमा साहित्यिक व्यक्तित्व प्रचुर मात्रमा बढ्यो। डा श्रेष्ठका अनुसार समाजलाई बुझेर विचार व्यक्त गर्दा सिद्धिदास समाजभन्दा एक कदम अघि देखिएको छ।
कार्यपत्रमाथि प्राध्यापक डा प्रेमशान्ति तुलाधरले टिप्पणी गरेको थियो। उनको योगदानलाई सधैँ सम्झिरहनुपर्ने छ, तुलाधरले भने आफूमा भएको चेतना समाजलाई बाँड्दै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा उनको योगदान प्रशंसायोग्य छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले प्रतिष्ठानले विभिन्न मातृभाषामा योगदान पुर्याएका श्रष्टाहरुको सम्झनामा निरन्तर कार्यक्रम गरिरहेको बताए। एक समाजले अर्को समाजलाई बुझ्नको लागि मातृभाषाले धेरै सहयोग पु¥याइरहेको हुन्छ, उनले भने बहुलताको अस्तित्वबाटै नेपाली समाज अघि बढेको छ। उनले सिद्धिदासको जीवनीका बारेमा पनि थप जान्ने मौका मिलेको बताए।
उपकुलपति जगमान गुरुङले मातृभाषामा योगदान दिएका साहित्यकारहरुकै कारण विभिन्न भाषाहरु लोप हुनबाट जोगिएको बताए। उनले साहित्यकारहरुलाई मृत्युपछि मात्रै नभएर बाँचुञ्जेल पनि उत्तिकै सम्मान र माया गर्नुपर्ने धारणा राखे। प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले उच्च साधना गरेर करीब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाजुलाई सम्झन पाउँदा आफूलाई खुसी लागेको बताउछन्।
विभागका प्रमुख लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषाहरुको संरक्षण र विकासमा विभागले ध्यान केन्द्रित गरिरहेको बताए। सबै मातृभाषामा लेखिएका साहित्य सिर्जना हाम्रा सम्पत्ति हुन, उनले भने भाषा साहित्य र संस्कृति एक आपसमा अन्र्तसम्बन्धित पक्षहरु हुन्।
सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन्। (रासस)