काठमाडौ– विद्यार्थीले चीट चोर्ने नेपालको समस्या हो। यसले नेपालको शिक्षा क्षेत्र खस्किएको विज्ञहरुको विश्लेषण छ। बेला–बेलामा विद्यार्थीले परीक्षामा चीट चोरेको चर्चा नेपाल आमसञ्चारमापनि भइरहेको हुन्छ।
तर यो समस्या विकासित देशहरुमा पनि देख्न सकिन्छ ,नेपालको मात्र होइन रहेछ। अहिले मेक्सिकोमा विद्यार्थीको चीट विश्वभरी हासोको विषय बनेको छ । हालै ‘हाइस्कुल’का विद्यार्थीको परीक्षामा शिक्षकले विद्यार्थीले चीट चोर्न वा एक अर्कामा हेर्न पाउँन भनेर गरेको हर्कत सबैलाई सोच्न बाध्य पारेको छ।
त्यहाँ लगाएको एक अनौठो नियम थाहा पाउने धेरैलाई अचम्भित बनाउँछ। हालै प्रशिक्षार्थीहरुले चिट नचोरुन् भनेर एक शिक्षकले उनीहरुको आँखाको दुबै पट्टी ‘कार्डबोर्ड’ लगाइदिएका थिए। तर यस्तो हर्कत गरेकोमा ती शिक्षक ‘सस्पेन्ड’ भएका छन्।
घटना मिडियामा सार्वजनिक भएपछि विद्यार्थीका अभिभावकले समेत विरोध जनाएका छन्। विद्यार्थीमाथि अन्याय गरिएको उनीहरुको गुनासो छ. शिक्षकलाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग रहेको छ।
तर परिक्षामा विद्यार्थीहरुले चिट चोर्ने चलन धेरै भएपछि ती शिक्षकले यस्तो गरेको बताइन्छ। स्थानीय मिडियाका अनुसार मेक्सिकोको तियाक्साला राज्यस्थित यस्ता अनौठो शिक्षकको हर्कत देखेर सबै अचम्भित भएका छन्।
घटना बाहिरिएपछि प्रहरीले पनि यसबारे अनुसन्धान गरिने जनाएको छ। विद्यार्थीमाथि अन्याय गरिएको उनीहरुको गुनासो छ। शिक्षकलाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ।अधिकांश किद्यार्थीको अविभावकले ती शिक्षकमाथि ठट्टा गर्नुका साथै आलोचना गरेका छन्।