एजेन्सी– स्पेनिस महारथी बार्सिलोनाका स्टार तथा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी चोटका कारण मैदानबाहिर नै छन्। उनले ला लिगाको शुरुवाती ३ खेलहरु गुमाइसकेका छन् भने कप्तानबिनाको बार्सिलोना पनि धर्मरायको आँकलन गर्न सकिन्छ।
त्यस्तै अर्का स्टार सुआरेज पनि चोटका कारण पछिल्लो दुई खेलमा सहभागी भएनन्। अब उनी लिगको भ्यालेन्सिया विरुद्धको खेलमा भने मैदान उत्रने बताइएको छ भने मेस्सी भने त्यस खेलमा पनि सहभागि नहुने बताइन्छ। तर मेस्सी च्याम्पियन्स लिगको पहिलो खेलमा बोरुसिया डर्टमुन्डविरुद्ध मैदान उत्रने सक्ने अनुमान गरिएको छ। यद्यपी म्यानेजर भालभार्देले भने मेस्सीलाई लिएर कुनै पनि रिक्स नलिने बताइसकेका छन्। त्यसकारण मेस्सी पूर्णरुपमा स्वस्थ नभएमा भने उनले त्यो खेल पनि गुमाउन सक्छन्।
दुई भरपर्दा खेलाडी मेस्सी र स्वारेज बाहेक डेम्बेले पनि चोटका कारण टिममा छैनन् तर उनीहरु मैदान बाहिर रहँदा नयाँ खेलाडी आन्सु फातीले भने बार्सिलोनाको लागि उत्साहजनक खेल खेलेका थिए। त्यस्तै भर्खर बार्सिलोना आएका फ्रान्सेली स्ट्राइकर एन्टिनो ग्रिजम्यान पनि टिममा स्थापित हुन संघर्ष गरिरहेका छन्। कप्तानबिनाको बार्सिलोनालाई उनले केही हदसम्म आक्रमक बनाउने प्रयास भने गरिरहेका छन्।
आशा गरौं क्याप्टेन छिट्टै खेलको लागि तयार हुनेछन् र बार्सामा मेस्सी–सुआरेज–ग्रिजम्यानको त्रिकोणत्मक खेल देख्न पाइने छ।