काठमाडाैं– त्रिभुवन आर्मी क्लब जारी प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताअन्तमा सेमिफाइनल पुगिसकेको छ। उसले समुह चरणको सबै खेल जितेको छ।
शुक्रबार सम्पन्न खेलमा आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउदै आफ्नो अपराजित यात्रा कायम गरेको हो। आर्मीले ढोरपाटनलाइ २५–१४,२५–१९ र २५–२२ ले हराएको थियो।
अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनल पुगेको आर्मी क्लब समुह ‘ए’ को विजेता बनेको छ। यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेता पनि विजेता र उपविजेता छुट्याउन आज पनि खेलहरु खेलाइने छन्। आज हुने खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश समूह एकअर्कासँग प्रतिस्पर्धा गर्दै छन्।