एजेन्सी– पोर्चुगिज क्लब बेन्फिकाका युवा मिडमिल्डर फ्लोरेन्टिनो लुईस ठूला क्लबको केन्द्रबिन्दु बनेका छन्। उनले प्रदर्शन गर्ने खेल कौशल र उनको खेल दौरानका मरिमेट्ने कलाले उनको डिमाण्डलाई पनि ह्वात्तै बढाएको देख्न सकिन्छ।
यस्तैमा दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी पनि उनलाई टिममा अनुबन्ध गर्न प्रगासरत देखिनछन्। बेन्फिका ‘बी’ बाट गत फेब्रुअरीमा सिनियर टोलीका छिरेका थिए। अहिले उनको सुरुवाती रिलिज क्लज ९० मिलियन पाउन्ड तय गरिएको छ।
मिडफिल्डबाट खेल्दा उनी मैदानमा जुनसुकै ठाँउमा देख्न सकिन्छ। उनको उर्जाशील खेलका कारण उनलाई अहिले युनाइटेडका पल पोग्वा र चेल्सीका एङ्गोलो कान्टको अर्को स्वरुप मान्न थालिएको छ। उनले अहिलेसम्म पोर्चुगलको सिनियर टिमबाट भने खेल्न पाएका छैनन्। म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी उनलाई भित्र्याउने दौडमा अघि बढिसकेका छन्।
अक्टोपसको उपनाम पाएका लुईस विन्टर ट्रान्सफरमा सरुवा हुने अनुमान गर्न सकिन्छ। उनलाई कुन क्लबले अनुबन्ध गर्ला त्यो भने प्रतिक्षाको विषय बनेको छ।