रोल्पा– गएराती रोल्पामा पहिरो जाँदा आमा र छोराको ज्यान गएको छ। थबाङ गाउँपालिका–२ की २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
सो पहिरो अन्य चार जना भने बेपत्ता भएका छन्। पहिरोले पुरिएको घर अन्य घरभन्दा टाढा एकान्तमा भएको कारण घटनाबारे बिहान मात्र थाहा पाएको बताइएको छ। उक्त घरमा ४ जना पाहुना पनि आएको भएतापनि उनीहरुको अवस्थाबारे अझै एकिन भइसकेको छैन। उनीहरु पनि पहिरोमै पुरिएको हुन सक्ने अनुमान गरिएको छ।
भारी वर्षा नरोकिएको कारण उद्धार कार्यमा ढिलाई र अप्ठ्यारो भइरहेको जानकारी प्राप्त भएको छ।