तिम्रा तिखा बचन वाणले म काटीन सक्छु
नदेउ झुठो आश्वासन म फेरी पनि ढाँटिन सक्छु
घाईते प्रेमिका हुँ म तिम्रो सधैं चल्दैन मनोमानी
याद राख म पनि कसैसँग साटीन सक्छु
फोहोरको डुगुंर सम्झी नफाल अब मलाई
बर पिपलजस्तै चौतारीमा राखीन सक्छु
सक्दिन सहन अब तिमीले दिएका चोटहरु
ख्याल गर्नु, अति भएपछि म पनि आँटिन सक्छु
खरानीको डोरी पनी सम्भव हुन्छ हिम्मत गरे
म फुकेको पोया न हुँ हेर्दै जाउ फेरी बाटीन सक्छु