देश विकास गर्नका लागि जाग युवा तिमी
राष्ट्रियता जोगाउनलाई जाग युवा तिमी
साझ बिहान छाक टार्न खटिएका छन् युवा
सिमा बचाउन लागिपरेका छन् युवा
समृद्ध देशको परिकल्पनासँगै
राष्ट्रियता जोगाउन लागिपरेका छन् युवा
कहिले सिमा मिचिदाँ उफ्रियौँ, कहिले घाँटी थिचिदाँ उफ्रियौँ
गौतम बुद्धको देशमा जन्मिएर पनि हिंसा र मारकाटमा उत्रियौ।
दिनदिनै बलात्कार हुने चेलिको न्यायका लागि पनि त
माइतिघर मण्डला तताउन कै लागि उर्लियौ
नेपाली भएर विरताको प्रश्न नगर है युवा तिमी
गोर्खालीले आर्जेको देशमा खुकुरिको घारको कुरा नगर है युवा तिमी
तिमी पनि १२ पास पछि राहदानी बनाउछौ भने युवा
खोक्रो राष्ट्रवादको कुरा नगर है तिमी
परदेशमा गएर आइ लभ नेपाल भन्छौ भने युवा तिमी
पढन जान्छु भनेर युवा उतै सेटल हुन्छौ भने तिमी
अवबाट आइ लभ नेपाल भन्न छोडिदेउ युवा
आफ्नो राष्ट्रभन्दा चिल्लो सडकको प्यासी भएछौ भने युवा तिमी
सगरमाथालाई उचालेर लान सक्ने सामर्थ्य राख्छौ युवा तिमि
बलेको आगोलाई हातमा राखी हिड्न सक्छौ युवा तिमी
साच्चै यो राष्ट्र विकसित देख्न चाहान्छौ भने
म बद्लिन्छु, मेरो राष्ट्र बद्लिन्छ भन्ने मुल नारा घन्काउ युवा तिमी
-अमित भट्ट