काठमाडौँ, ७ माघ – नायिका वर्षा राउतलाई उनका फ्यानहरूले दुलहीका लागि शुभकामना दिएका छन्।
नायिका वर्षा र प्रेमी संजोग कोइराला फागुन २ गते ‘भ्यालेन्टाइन डे’का दिन विवाह बन्धनमा बाँधिने भएकाले उनलाई अग्रिम शुभकामना दिइएको हो।
‘नाईं नभन्नू ल ४’बाट नेपाली रजटपटमा भित्रिएकी उनी अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीमध्येकी एक हुन्। बढीजसो हुलमुलका चलचित्र गरेर आफूलाई सफल अभिनेत्रीका रूपमा स्थापित गरेकी वर्षा अभिनित नयाँ चलचित्र ‘गोपी’ यही माघ १८ मा रिलिज हुँदैछ।
यो फिल्म रिलिजको २ सातापछि वर्षा जीवनको नयाँ अध्याय शुरु गर्दैछिन्। उनले ५ वर्ष लामो आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुुन्। विवाहको डेट नजिकिँदै गर्दा उनी भने ‘गोपी’को प्रचारका लागि दौडिरहेकी छन्।
चलचित्रको प्रचारको सिलसिलामा आइतबार बुटबल पुगेकी वर्षाले आप्mना ‘डाइहार्ट फ्यान’बाट दुलहीका लागि शुभकामना पाएकी छन्।
फ्यानले केक काटेर शुभकामना दिँदै ‘ब्राइड टू बी’को गाउनसमेत लगाइदिएका थिए। वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले विवाहको शुभकामना दिन सानो कार्यक्रम आयोजना गरेको बताइन्।
‘वर्षा दिदी नयाँ जीवन शुरु गर्न गइरहनुभएको छ। त्यसैले हामीले ‘ब्राइड टू बी’ गर्ने प्रस्ताव राखेका थियौँ, जुन उहाँले सहर्ष स्वीकार्नुभयो। उहाँलाई धेरै धेरै शुभकामना,’ शर्माले भनिन्।
विवाहको खबर सार्वजनिक भएसँगै देशभरका फ्यानले ‘ब्राइड टू बी’ गरौँ है भनेर भनेको प्रस्तावलाई आफूले स्वीकारेको वर्षाले बताइन्।
फिल्म ‘गोपी’को प्रचार गर्ने क्रममा वर्षाले फिल्मको पटकथा तथा चरित्र मन परेका कारण आफूले अभिनय गरेको बताइन्। दर्शकलाई पनि यो फिल्म मन पर्ने उनले विश्वास व्यक्त गरिन्। उनले विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने बताइन्। ‘मलाई मन लागुञ्जेल अभिनयमा सक्रिय रहनेछु,’ वर्षाले भनिन्।