काठमाडौं – चलचित्र ‘रातो टिका निधारमा’को शिर्ष गीत रिलीज गरीएको छ। चलचित्र ‘अल्लारे’मा समावेश गीतलाई रिमेक गर्दै चलचित्र ‘रातो टिका निधारमा’मा समावेश गरिएको हो।
आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमोद खरेल र मेलिना राइको आवाजमा समावेश गीत सार्वजनिक गरिएको हो। असोजको १० गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई अशोक शर्माले लेखन तथा निर्देशन गरेका हुन्। चलचित्रको गीतमा शम्भुजित बास्कोटाको संगीत, सहदेव ढुंगानाको शब्द छ । पुरानो गीतमा भने उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो।
यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव–कलाकार अंकित शर्मा, नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बुद्दि तामाङ, कलाकारहरु बसुन्धरा भुषाल, अरुणा कार्की लगायतलाई फिचरिङ गरिएको छ।
बसन्त श्रेष्ठले कोरियोग्राफी गरेको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। किरण शर्मा र कृती शर्माले मिलेर यो चलचित्र निर्माण गरेका हुन्। चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ। यो चलचित्रले बैदेशिक रोजगारीको कथालाई रोचक तरिकाले उठान गरेको छ। नेपाली चलचित्रका गीतहरु रिमेक हुँदा अत्याधिक मात्रामा गाली आउने गरेपनि यो गीतको भिडियो र अडियोले भने दर्शकको माया पाउने अपेक्षा गर्न सकिन्छ।
हेर्नुहाेस भिडियाेसहित
https://www.youtube.com/watch?time_continue=46&v=fF2uVCQEUdQ