काठमाडौं – नायिका वर्षा राउत अहिले चलचित्रमा व्यस्त छैनन्। चलचित्र ‘जात्रै जात्रा’ सुपरहिट भएपछि वर्षाले नयाँ चलचित्रमा काम गर्न समय लगाएकी छिन्। वर्षाले अब आफूले असफल चलचित्र सहन नसक्ने भन्दै कथालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आएकी पनि छिन्।
उनै, वर्षा राउत काठमाण्डौको नक्सालमा संचालनमा आएको ‘सजिनाज् क्रियसन’को उद्घाटन गर्न पुगिन्।रिबन काटेर बुटिकको उद्घाटन गरेकी वर्षाले यसको बिशेषता आफूलाई मन परेको बताइन्।
उनले आफूलाइ कुर्था, लेहेङ्गा, सारी मनपर्ने बताइन्। बुटिकलाई सजिना बिष्टले संचालनमा ल्याएकी हुन्। ‘नेपाली चलचित्र, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले उद्घाटन कार्यक्रममा भनिन्।