काठमाडौं– वैवाहिक अङ्गिकृत नागरिकताका विषयमा सांसदहरुबीच कुरा मिल्न सकेको छैन। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे निरन्तर छलफल भइरहेको छ। यसैबीच नेपाली काङ्ग्रेसको सांसदहरुले भिन्नाभिन्नै अभिव्यक्ति दिएका कारण पार्टी नेतृत्वले सबैलाई एकमत राख्न आग्रह गरेको छ।
काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नागरिकता विवादमा काङ्ग्रेस २०६३ सालको नागरिकता कानुनको पक्षमा छ। उक्त कानुन सबै दलको सहमतिका आधारमा बनेकोले कांग्रेसले त्यसैको पक्षमा रहेको उनको भनाई थियो। सो कानुनमा विवाह गरेर आएका विदेशी बुहारीलाई तत्कालै नागरिकता दिने व्यवस्था छ भने नेपाली केटीसँग विवाह गरेर आउने विदेशी ज्वाइँबारे भने केहि व्यवस्था गरिएको छ।
आफ्ना सांसदहरूले विवादित विचार राख्न थालेपछि काङ्ग्रेसले उक्त समितिमा रहेका सांसदहरूलाईे पार्टीको धारणाअनुसार बोल्न आग्रह गरेको हो।
उक्त समितिको छलफका आधारमा ल्याइएको प्रतिवेदनमा भने विदेशी बुहारीलाई ७ वर्ष र विदेशी ज्वाँईलाई १५ वर्षपछि मात्र नागरिकता दिने कुरा उल्लेख गरिएको छ।