काठमाडौं – सुन्दर हस्तलेखन आत्मसन्तुष्टिको कला हो भन्ने नेपोलियनको भनाइबाट यो लेख प्रारम्भ गर्दै छु। व्यक्तिका लागि आफूले लेख्ने अक्षर पनि उसको ज्ञान र व्यक्तित्वको परिचय बन्दछ। तर, हस्तलेखनको प्राविधिक सीप अभावको समस्या हुनसक्छ। राम्रो अक्षर सिक्न चाहने विद्यार्थी र सिकाउन चाहने शिक्षकको महत्व बढेका पाइन्छ।
सुन्दर हस्तलेखन बालबालिकाको सफलताको पहिलो खुड्किलो हो यसको उदाहरण लिन सकिन्छ। हाम्रो देशका विद्यार्थीहरू प्रत्येक वर्ष विश्व हस्तलेखन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आएका छन्। हुन त अहिलेको विज्ञान र प्रविधिको युगमा अक्षरको महत्व धेरै छैन भन्ने तर्कहरू पनि पाइन्छन् तथापि हस्तलेखनको सम्मान जतासुकै हुन्छ। मोनालिसाको चित्र अगाडि डिजिटल फोटो सस्ता र दुरुस्त भए पनि फिका नै सावित हुन्छन्।यसैले हस्तलेखन प्रति सबैको चासो हुनु जरुरी छ।
उत्कृष्ट लेखनमा जोड दिन आवश्यक छ।अहिलेको समयमा हस्तलेखन सुधार्नुपर्ने स्थिति धेरै विद्वान्हरूको तर्क छ।अक्षरले नै विद्यार्थीहरूको सकारात्मक मनोवैज्ञानिक व्यवहारमा पनि असर गरिरहेको हुन्छ। प्रत्येक शिक्षक शिक्षिकाले राम्रो लेख भनिरहनु भएको हुन्छ। यसले परीक्षामा राम्रो अङ्क मात्र ल्याउने होइन परीक्षकलाई नै प्रोत्साहित बनाएर थप अङ्क ल्याउन पनि मद्दत पुग्दछ।
राम्रो अक्षरले प्रत्येक प्रश्नमा झण्डै एक अङ्कको फरक पार्दछ। जसले पूरा पूर्णाङ्कमा दश अङ्क नै बढी आउन सक्दछ। राम्रो अक्षर भएमा आफूलाई पनि आत्मसन्तुष्टि प्राप्त भई झन् राम्रो लेख्न हौशला मिल्दछ। हस्तलेखन एउटा त्यस्तो ऐना मानिन्छ जहाँ बालबालिकाको शारीरिक, मानसिक र बौद्धिकताको छाया देख्न सकिन्छ।हस्तलेखनको कुनै पनि चुनौतीहरूलाई समाधान गर्न सकिन्छ भन्ने सोच राख्न आवश्यक छ। सिकारुले चाहे जस्तो सुन्दर अक्षर पनि निर्माण गर्न सकिन्छ।
स्मरण रहोस् संसारका हरेक भाषा र लिपिमा लेखिने माध्यम भनेको नै सीधा रेखा र बक्र रेखाको प्रयोग भएको पाइन्छ। सुन्दर हस्तलेखनले व्यक्तिको व्यक्तित्वमा प्रभाव पार्न सक्दछ। सुन्दर अक्षरले मानिसलाई अनुशासित र मर्या्दित कार्यमा समर्पित हुन सहयोग पुर्याउँछ।अक्षरका प्याटन्र्सका रूपमा आवश्यक सरचनाहरू कोर्न तयार हुन आवश्यक छ। हस्तलेखनको कुनै पनि चुनौतीहरूलाई समाधान गर्न सकिन्छ भन्ने सोच राख्न आवश्यक छ। सिकारुले चाहे जस्तो सुन्दर अक्षर पनि निर्माण गर्न सकिन्छ।
स्मरण रहोस् संसारका हरेक भाषा र लिपिमा लेखिने माध्यम भनेको नै सीधा रेखा र बक्र रेखाको प्रयोग भएको पाइन्छ हस्तलेखन राम्रो बनाउने बालबालिकालाई परिवार, स्कूल, शिक्षक, साथीभाई सबैतिरबाट प्रशस्त प्रशंसा पाउने गर्दछ।
यस्तो हस्तलेखनको प्रारम्भ यसरी गर्न सकिन्छ। जब बालक हुर्कँदै जान्छ, बढ्दै जान्छ सिकाइका चार सीपहरू सुनाइ, बोलाइ , पढाइ र लेखाइमध्ये लेखाइ सीप विकाशको आवश्यता पर्दछ। बालबालिकाको स्वतन्त्र मष्तिस्कमा कुनै दबाव नपारी अक्षरका आधारभूत सरचनाहरू क्रमगत रूपमा सिकाउनुपर्दछ। सुन्दर अक्षरले मानिसलाई अनुशासित र मर्या्दित कार्यमा समर्पित हुन सहयोग पुर्याउँछ।
एकाग्रता शक्ति बृद्धि गर्दछ। आत्माविश्वासलाई बढाउदछ। मानसिक स्वास्थ्यमा सुधार गरी आकर्षित व्यतिmत्वको बिकाश गराउदछ। मानसिक तनावलाई कम गराउदछ। मनलाई नियन्त्रण गर्दछ। अनावश्यक सोचाईवाट मुक्त गर्दछ। सिर्जनशील र चिन्तनशिल बनाउदछ। परीक्षामा सोचेभन्दा राम्रो अक प्राप्त गर्न सकिन्छ। स्मरण शक्तिको बृद्धि गराउदछ। अक्षर राम्रो बनाउन विविध उपायाहरु विसदेखि तीस मिनेट सम्म नियमित रुपमा हस्तलेखन अभ्यासको आवश्यक छ।
लेख्नको लागि शारिरीक र मानसिक रुपमा तयार हुनु पर्नेछ। पढ्न लेख्न मन नलागेको समयमा चित्रकला जस्ता सिर्जनात्मक क्रियाकलाप गर्नु पर्दछ। लेख्न बस्ने डेस्क, बेन्च सहज किसिमको हुनु पर्दछ। अक्षरको सरचना सहि हुनु पर्दछ। अक्षर सफा र स्पष्ट हुनु पर्दछ। सबैले बुझ्ने र सर्वमान्य हुनु पर्दछ।अक्षरको आकार समान हुनु पर्दछ। सबै अक्षर एकै कोणमा ढल्किएको हुनुपर्दछ।
अक्षर लेख्नुभन्दा पहिले आफना अक्षरहरु राम्रा , सुन्दर र आकर्षक भएको कल्पना गरी दैनिक ध्यान गर्ने बानि बसाल्नु पर्दछ। एकान्तमा एक्लै बसी एयर लेखनमा अभ्यास गर्नु पर्दछ। सुन्दर अक्षर लेखनबाट हुने फाइदाको बारेमा अध्ययन गर्नु जरुरी छ। लेख्नु भन्दा अघि औला तथा हातका मासपेशीहरुको अभ्यास गर्ने बानिको बिकाश गर्नु पर्दछ। लेख्ने प्रयास गरेमा पनि हस्तलेखन बिग्रन्छ।
लेखाइको उमेर र क्षमताभन्दा बढी लेखाइ लेख्ने गरेमा पनि हस्तलेखन बिग्रन्छ। अक्षर लेखनको अभ्यास कम भएमा पनि हस्तलेखन बिग्रन्छ नेपाली अक्षरको हकमा जहिले पनि लाइनभन्दा मुनि झुण्ड्याएर लेख्नु पर्दछ। अक्षरको माथि अनिवार्य रुपमा डिको तान्नु पर्दछ। डिको दिदा सीधा र कापीको तेर्सो धर्का छोपिने हुनु पर्छ। डिकोले सबै अक्षर र मात्रामा आदिलाई छुनु पर्छ।
एउटा अक्षरले अर्को अक्षर र एउटा शब्दले अर्को शब्द छुनु हुदैन। अक्षर र मात्राको ढल्काई उस्तै हुनु पर्छ। मात्राले तल्लो वा माथिल्लो लाइनको अक्षरलाई छुनु हुदैन। एउटा शब्द र अर्को शब्दको दुरि एउटा अक्षर बराबरको हुनुपर्छ। डिकोले सम्पूर्ण अक्षरको वर्गलाई समेट्नुपर्छ। अक्षर र अक लेख्दा एउटै सतहमा हुनु पर्दछ।
तर हस्तलेखन प्रारम्भ गर्दा अक्षरको सरचना कस्तो हुन्छ भन्ने थाहा नभएमा हस्तलेखन बिग्रन्छ। लेख्न बस्दाको शारिरीक अवस्था बिग्रन गएमा पनि हस्तलेखन बिग्रन्छ। नबुझी लेख्न प्रयास गरेमा पनि हस्तलेखन बिग्रन्छ। हतारमा धेरै लेख्ने प्रयास गरेमा पनि हस्तलेखन बिग्रन्छ। लेखाइको उमेर र क्षमताभन्दा बढी लेखाइ लेख्ने गरेमा पनि हस्तलेखन बिग्रन्छ। अक्षर लेखनको अभ्यास कम भएमा पनि हस्तलेखन बिग्रन्छ।
लेखाइको समयमा रुचि उत्पन्न नभएमा हस्तलेखन बिग्रन्छ। बस्ने डेस्क र बेन्चको अवस्था राम्रो नभएमा हस्तलेखन बिग्रन्छ अभिभावकले स्वतन्त्र रुपमा लेख्न नदिएमा हस्तलेखन बिग्रन्छ। कलम समात्ने औलाहरुको शारिरीक व्यायम नभएमा हस्तलेखन बिग्रन्छ। प्राथमिक आधारभूत लेखाई सीप नसिकाई अक्षर सिकाई गरेमा पनि हस्तलेखन बिग्रन्छ यस्ता कमजोरीहरुलाई ध्यान राख्दै सम्पुर्ण विद्यार्थी , शिक्षकले हस्तलेखन लेख प्रेरणाको अवृद्धि गर्न जरुरत छ।