एजेन्सी–बलीउड अभिनेत्री आलिया भट्ट सामाजिक संजालमा एकदमै सक्रिय रहन्छिन्। उनी आफ्नो फ्यान्सहरुको लागी थरी–थरीको भिडियो र तस्वीर पनि शेयर गरिरहछिन्।
आलियाले इन्स्टाग्राममा २ वटा भिडियो शेयर गरेकी थिइन्। जसमा उनी ७० किलोको तौल उचालदैँ र उफ्रदै देखिएकी थिइन्। उनले ५० किलो डेडलिफ्ट्सका १० सेट पूरा गरिन् र यसको साथै उनले ५० पटक दुई फुट बक्स जम्प पनि गरिन्।
आलिया अब ’ब्रह्मास्त्र’ मा अमिताभ बच्चन र रणबीर कपूरको साथमा देखिनेछिन्। उक्त फिल्मको निर्देशक अयान मुखर्जी हुन्। यस बाहेक आलिया अहिले ’सड़क २’ को छायांकनमा व्यस्त छिन्। शो फिल्मको निर्देशक उनका पिता महेश भट्ट हुन्।