काठमाडौ–उपत्यकाका निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी दिनमा साढे २ घण्टासम्म सवारीमा यात्रा गरि विद्यालय जान बाध्य छन्। विद्यालय जान र आउनका लागि एकै दिनमा विद्यार्थीले साढे २ घण्टासम्म बसमा यात्रा गर्नुपर्छ।
प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थी कम्तीमा १५ मिनेटको दूरीसम्म पदैल यात्रा हिँड्नुपर्ने भए पनि शिक्षा पद्धतिमा गुणस्तरीयता खोज्दै अभिभावकहरुले लामो समयसम्म सवारीमा यात्रा गराएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउने गरेका छन्। निजी स्कुलले एउटै बसलाई बिहान सात बजेदेखि करिब साढे ९ बजेसम्म धेरै रुटमा सञ्चालन गर्दा विद्यार्थी लामो समयसम्म बसमा यात्रा गर्न बाध्य भएको पूर्व ट्राफिक प्रहरी निरीक्षक तथा ट्राफिक स्वयं सेवक सीताराम हाछेथुले बताए।
नाम चलेका निजी स्कुल अति नाफामुखी हुँदा सेन्टजेभियर, सेन्टम्यारिज लगायतका स्कुलले भाडाका सवारी साधनहरु प्रयोग गरेको उनले बताए। विद्यार्थी बोक्ने भाडाका सवारीले धेरै ट्रिप गर्ने लोभमा बस हतारहतारमा चलाउँदा निजी स्कुलका विद्यार्थी मारमा परेकाे र ठूला बस धेरै रुटमा चलाउँदा विद्यार्थी लामो सवारी यात्रा गर्न विवस भएकाे उनले बताए।
निजी स्कुलले भाडाका सवारी साधन चलाउँदा ट्राफिक जाम र दुर्घटनाको सम्भावना बढी हुने गरेको छ विद्यार्थी बोक्ने भाडाका सवारीले धेरै टिप गर्ने लोभमा बस हतारहतारमा चलाउँदा निजी स्कुलका विद्यार्थी मारमा पर्ने र विद्यार्थीलाई बसमा चढाउँदा, झार्दा चालक र सहयोगीले हतार गर्दा दुर्घटना हुने पूर्व ट्राफिक प्रहरी निरीक्षकको भनाइ छ। ठूला बस धेरै रुटमा चलाउँदा विद्यार्थी लामो सवारी यात्रा गर्न विवस छन् उनले भने ‘सरकारले शिक्षा र स्वास्थ्यलाई नियन्त्रण गर्नुपर्छ, सरकारी स्कुललाई व्यवस्थित बनाएर निजी स्कुलसँग प्रतिस्पर्धा गर्ने वातावरण नबनाएसम्म बसमा यात्रा गर्दा होस्, विद्यार्थीको प्रतिभा उकास्न सकिँदैन’।
सरकारले निजी तथा सरकारी स्कुलमा ट्रफिकसम्बन्धी विषय नै बनाएर ट्राफिक शिक्षक राख्नुपर्ने उनले बताए। निजी स्कुलका विद्यार्थी बसमा चढ्दा सामान्य ट्राफिक नियमसमेत पालना गरेको पाइँदैन। बस चढ्दा प्राथमिक तहका विद्यार्थीले हात, टाउको बाहिर निकाल्ने, सवारी साधन नरोक्दै हतार गरेर झर्ने गर्छन्।
निजी स्कुलले भाडाका बस सञ्चालन गर्दा कार्यालय खुल्ने र बन्द हुने समयमा बढी ट्राफिक जाम हुने गरेको उनको भनाइ छ। स्कुलले पहेँलो रङको बस प्रयोग गर्ने भनिए पनि अन्य रङका भाडाका बस प्रयोग गर्दा कार्यालय खुल्ने र बन्द हुने समयमा ट्राफिक जाम झन बढी भएको हो। ‘स्कुलले पहेँलो रङको बसको प्रयोग गर्ने भनिएको छ, अब सरकारले विद्यार्थी चढ्ने बस पहेँलो बनाउनुपर्छ’, उनले भने। निजी स्कुलले भाडाका सवारी साधन प्रयोग गर्न नपाउने नियम बनाएमा ट्राफिक जाम र दुर्घटना कम हुने थियाे कि?