एजेन्सी–बलीउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल’ले फिल्म आलोचनामा धेरै राम्रो रिभ्यु र रेटिंग पाएको छ। यसको प्रभाव फिल्म ’ड्रीम गर्ल’ को पहिलो दिनको बक्स अफिसमा पनि देख्न सकिन्छ। आयुष्मानको अहिलेसम्म रिलिज भएको फिल्ममध्ये ‘ड्रीम गर्ल’ ले पहिलो दिन सबैभन्दा बढी कलेक्शनको रेर्कड राखेको छ।
यस फिल्मले पहिलो दिन बक्स अफिसमा शानदार व्यापार गर्दै १० करोड़ भारु रुपियाँ भन्दा बढी कलेक्शन गरेको थियो। भरर्खरै फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कलेक्शन ट्वीटमा शेयर गरेका थिए। यो भन्दा अगाडी आयुष्मानको सबसे बढी ओपेनर साल २०१८ मा रिलिज भएको ‘बधाई हो’ थियो। उक्त फिल्मले पहिलो दिन ७.३५ करोड़ रुपियाँको प्यापर गरेको थियो।
आयुष्मानको यो फिल्म बलीउडको मिड बजेटमा बनेको फिल्ममध्ये सबैभन्दा बढी ओपनिंग हासिल गर्ने फिल्म बनेको थियो। दोस्रो लिस्टमा फिल्म विक्की कौशनको ‘उरीःद सर्जिकल स्ट्राइक’ फिल्मले पहिलो दिन ८.२० करोड़ रुपियाँको कारोबार गरेको थियो। त्यसैगरि तेस्रो नम्बरमा कार्तिक आर्यनको फिल्म ’लुका छुपी’ले ८.०१ करोडको व्यापर गरेको थियो। चौथो नम्बरमा शुक्रवार रिलीज भएको ‘छिछोरे’ले ७.३२ करोड रुपियाँको व्यापर गरेको थियो।
https://youtu.be/nf39Jpi3ZQ4