एजेसी– एसीसी यु–१९ एसिया कपको उपाधि भारतले हात पारेको छ। आज भएको फाइन खेलमा भारतले बंगलादेशमाथि रोमाञ्चक जित दर्ता गरेको हो। यससँगै भारतले ६ पटक यो उपाधि रक्षा गरेको छ। १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएकाे बंगलादेश ३३ ओभरमा अल आउट हुँदै १ सय १ रनमा समेटिएपछि भारतले नाटकीय रुपमा उपाधि रक्षा गर्न सफल भएको हो।
भारतका लागि कर्ण लालले ४३ बलमा ३ चौका र १ छक्का ३७ रनको यागदान दिएका थिए। बंगलादेशका शामिम हसनले ६ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिएका थिए।
बंगलादेशका लागि कप्तान अकबर अलीले २३ र मृत्तुन्जय चौधरीले २१ रनको यागदान दिएका थिए। भारतको जितमा अर्थभ अन्कोलेकरले ८ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिए भने त्यस्तै आकश सिंहकले ३ विकेट लिएका थिए।