एजेन्सी–अभिनेता अक्षय कुमारको अभिनय रहेको फिल्म सबै सुपरहिट नै भइरहेको छ। शो कारणले होला अक्षले आउँदो बर्षका सबै चाडपवर्का बिदाहरु बुक गरिसकेका छन्।
बलिउडको ३ खानले बुक गर्दै आएको मुख्य बिदाहरु अक्षले हात पारिसकेका छन्। त्यसैले गर्दा अक्षय कुमार बलिउडका ३ खानको लागि अहिले चुनौतीपूर्ण बनेका छन्।
अक्षयको अभिनय रहेको फिल्म सुपरहिट भएपनि अहिलेसम्म २ सय करोडको व्यापार भने गर्न सकेको थिएन। तर, ‘मिशन मंगल’ले भने २ सय करोडको आंकडा पार गरेको छ।
उक्त फिल्मले रिलिज भएको चौथो हप्तामा २ सय करोडको व्यापार गरेको हो। चलचित्रले हालसम्म २ सय करोड १६ लाखको कलेक्शन गरेको छ। यो फिल्म भारतको एक वैज्ञानिकको मंगल ग्रहको योजनाको कथामा बनेको छ।