एजेन्सी– साबित बिजेता बार्सिलोनाले स्पेनिस ला लिगामा शनसनीपूर्ण जित निकालेको छ। भ्यालेन्सियाविरुद्ध कप्तानबिना मैदान उत्रिएको बार्साले ५–२ को फराकिलो जित हात पारेको हो।
बार्साको जितमा भर्खरै चोटमुक्त भएका लुइस स्वारेजले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका हुन्। घरेलु मैदानमा भएको खेलमा बार्साका युवा खेलाडी आन्सु फातीले २ मिनेटमा नै गोल गरेका थिए। त्यस्तै खेलको ७ औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै घरेलु टोलीलाई २ गोलको अग्रता दिएका थिए।
भ्यालेन्सियाका केभिन गेमेरियोल २७ औं मिनेटमा गोल टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यस्तै बार्साका जेरार्ड पिकेल दोस्रो हाफकोे ५१ औं मिनेटमा गोल गर्दा घरेलु टोली ३–१ को स्थितिमा पुगेको थियो। त्यसको १० मिनेट लगत्तै स्वारेजले गोल गर्दै बार्सालाई ४–१ को बलियो अवस्थामा पुर्याएका थिए। टिमको लागि पाँचौ तथा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा स्वारेजले ८२ औं मिनेटमा बललाई पोष्टको दिशा दिएका थिए।
भ्यालेन्सियाको लागि म्याक्सिमिलियानो गोमेजले इन्जुरी समयमा थप एक गोल फर्काए पनि बार्साले खेल ५–२ ले जितेकाे हाे। यससँगै ला लिगामा खराब शुरुवात गरेको बार्सिलोना सम्हालिएको छ। ४ खेलबाट ७ अंक जोडेको बार्सा चौथो स्थानमा छ।