एजेन्सी–एस शंकरद्वारा निर्देशित साईफाइ सिनेमाले भारतमा भने हिन्दी, तमिल तथा तेलगु ३ भाषमा नै शानदारको व्यापार गरेको थियो।
चीनमा ६ सेप्टेम्बरमा रिलिज भएको उक्त सिनेमाले पहिलो हप्तामा २२ करोड भारू मात्रको व्यापार गरेको खबर भारतीय संचारमाध्यमले जनाएका छन्। यो भन्दा अगाडि चीनमा रिलिज भएको ‘बहुबली २ः द कन्क्लुजन’ पनि असफल भएको थियो। शो फिल्मले ५२ करोड भारू मात्र कमाउन सकेको थियो।
भारतमा उत्कृष्ट प्रदर्शन हुन सफल दुबै फिल्म चीनमा भने असफल रहे। चिनियाँ दर्शकले यी सिनेमाको कथामा आफूलाई जोड्न सकेनन्। बलिउड व्यापार विश्लेषक गिरीश जौहरले दुबै सिनेमाले वक्सअफिसमा राम्रो सुरूवात गर्दै दर्शकमा उत्सुकता जगाउन सफल भए पनि चिनियाँ दर्शकले भने आफूलाई कथासगँ जोड्न नसकेको बताएका छन्। भातमा भने फिल्म ‘२.०’ले १ सय करोड ८८ लाख भारु व्यापार गरेको थियो।