काठमाडौँ– शनिबार सम्पन्न नर्सिङ परिषद्को रिक्त तीन सदस्यमा डा. तारा शाह, कृष्णकुमारी पौडेल र जिता बराल विजयी भएका छन्। परिषद्को तीन पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गरेका थिए।
१४ मतदान केन्द्र धनकुटा विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौँ, पोखरा, पाल्पा, बुटबल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढीमा तोकिएको थियो। करिब १३ हजार मतदाता रहेको काउन्सिलमा २५ प्रतिशत मात्रै मत खसेको थियो। मत परिणामअनुसार शाहले १४९१, पौडेलले १२९९ र बरालले १२१६ मत प्राप्त गरेका थिए।
याे नै पहिलो पटक नर्सिङ काउन्सिलको बोर्ड सदस्यको लागि गरिएकाे निर्वाचन हो।