काठमाडौं– सुरक्षाको लागि भन्दै नेपाल प्रहरीले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको छ। उनलाई कुपण्डोलस्थित उनको कार्यालयबाट नियन्त्रणमा लिइएको हो।
त्यस समयमा उनी पत्रकार सम्मेलन गरिरहेका थिए। नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै युवाहरु आक्रोशित भएको भिडियो भाइरल भएपछि मन्त्रीले १ घण्टा नभएर १५ मिनेटमात्रै ढिलो भएको बताएका थिए। तर ज्ञानेन्द्रले भने मन्त्रीले झुट बोलेको आरोप लगाएका छन्।
उनी पत्रकार सम्मेलनमा यसै कुराको जानकारी गराउँदै थिए। पत्रकार सम्मेलनमा उनीमाथि हातपात पनि भएको बताइएको छ। आफूलाई विद्यार्थी बताउने केहि युवाहरुले उनलाई झुटो र ढोङ्गी भन्दै गालीगलौज गर्दै आक्रमणको प्रयास गरेका थिए। प्रहरीले नियन्त्रणमा लिई शाहीलाई अहिले जावलाखेलमा राखेको बताएको छ।