काठमाडौं–नेपाली अभिनेत्री परमिता आर एल राणा तेलुगु चलचित्रमा काम गर्ने भएकी छिन्। सामाजिक संजालमा परमिताल यो कुराको जानकारी दिँदै आफू निकै नै उत्साहित भएको कुरा बताएकी छिन्। उनले तेलुगु चलचित्रका सुपरस्टार नायक गोपीचन्दसँग स्क्रिन शेयर गर्न लागेको पनि उल्लेख गरेकी छिन् ।
‘एसभीसीसी फिल्मस्’ ब्यानरमा बन्न लागेको तेलुगु फिल्ममा काम गर्न पाउँदा उनी निकै उत्साहित भएको बताउँछिन्। शो फिल्मको छायांकन अब आउने बर्षको जुनबाट सुरु हुने बताइएकाे छ। मन्दिरमा पूजा गर्दै उक्त चलचित्रको शुभसाइत गरिएको थियो ।
परमिताले फिल्म माफर्त नेपाललाई विश्वसामु चिनाउने बाचा पनि गरेकी छिन्। उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मलाई थाहा छैन कि म के लेखुँ किनकी, म साच्चै नै बोल्न नसक्ने भएकी छु, साउथ इन्डियन फिल्ममा आफू काम गर्न पाउँदा निकै खुसी भएको उनकाे भनाई छ।
https://youtu.be/QD3fhG8KB6c