एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस र फियोरेन्टिनाले अंक बाँडेका छन्। गए राती भएको खेलमा दुई टिमले गोलरहित बराबरी खेलेका हुन्।
युभेन्टसका लागि गोलरक्षक वजसिएच स्केजजेस्नीले उत्कृष्ट बचाउहरु गरेका थिए। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले केही ठूला आक्रमणका प्रयासहरु गरेतापनि सबै विफल भएका थिए।
यस बराबरीसँगै युभेन्टसल ३ खेलबाट ७ अंक बटुल्दै दोस्रो स्थानमा छ भने शीर्षस्थानको इन्टरमिलानको ९ अंक रहेको छ।