काठमाडाैं– जारी प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस क्लबले एपिएफलाई पराजित गरेको छ। आज भएको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो। यस जितसँगै पुलिस प्रतियोगिताको फाइनलमा पुगेको छ।
नयाँ बसपार्कमा भएको खेलमा पुलिसले शुरुवाती दुई सेट लगातार २५–२१ र २५–२० ले जितेको थियो। तर तेस्रो सेटमा भने पुलिस एपीएफसँग २०–२५ ले हारेको थियो। त्यस्तै चौथो सेट पनि एपीएफले २५–२१ ले जितेपछि खेल घम्साघम्सीको स्थितिमा पुगेको थियो।
अन्तिम तथा निर्णायक सेटमा पुलिसले एपीएफलाई २६–२४ ले पन्छाउँदै फाइनलमा स्थान पकका गरेको हो। अब सोमबार पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि भिड्नेछन्। आर्मीले गण्डकी प्रदेशलाई हराउँदै फाइनल पुगेको थियो।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ३ लाख पाउने आयोजकले बताएको छ।