एजेन्सी–आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। शो फिल्मले ३ दिनमा धमाकेदार व्यापार गरेर ठुलो–ठुलो फिल्मको रेर्कड तोडिसकेकाे छ। फिल्ममा आयुष्मानले गरेकाे पुजाको भुमिकालाई दर्शकहरुले धेरै नै मन पराएका छन्। फिल्म समिक्षामा फिल्मले रेटिंग र रिव्यू पनि राम्रो पाएको छ।
फिल्मको कलेक्शनको जानकारी मार्केट एनालिस्ट तरन आदर्शले दिएका छन्। उनले भने,‘यो फिल्मले सुरुवातको पहिलो ३ दिनमा नै ४४ करोड ५७ लाखको व्यापार गरेको छ। फिल्मले पहिलो दिन १० करोड ५ लाख, दोस्रो दिनमा १६ करोड ४२ लाख र त्यसैगिर तेस्रो दिन १८ करोड १० लाखको व्यापार गर्दै फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेको छ। उक्त फिल्मको निर्देशन राज शांडिल्यले गरेका हुन्। आयुष्मानको साथ फिल्ममा नुसरत भरूचा, अन्नू कपूर र विजय राज लगाएत अन्य कलाकरहरु पनि देख्न सकिन्छ।
एबीपी न्यूजले यो फिल्मलाई ५ मध्ये ४ स्टार दिदैँ भनेका छन्। ‘आयुष्मान खुरानाले आफ्नो दमदार अभिनयबाट दर्शकको मन जित्न सफल भएको छ। उनलाई करमको भुमिकामा क्यूट र मासूम देखिन्छ, र पुजाकाे भुमिकामा छिर्ने बित्तिकै उनको हाउँभाउँ परिवर्तन हुन्छ कि ऊ केटा हो भनेर विश्वास गर्न नै कठिन हुन्छ।’ ‘ड्रीम गर्ल’ले मच्चायो बक्स अफिसमा तहल्का , ‘राजी’, ‘उरी’ सहित धेरै फिल्मको व्यापारको रेर्कड टुटेको छ।